• काठमाडौं। सीताराम कट्टेल धुर्मसकी ५५ बर्षीया आमा कमलाकुमारी कट्टेल र बोगराज कट्टेलले चितवनमा निर्माणाधीन रंगशाला हेरेपछि जनताको र’गत र पसीनाबाट संकलित एक पैसा पनि दु’रुपयोग नगर्न छोरालाई सुझाव दिएका छन् ।धुर्मस सुन्तली रंगशाला निर्माणमा आर्थिक सहयोग जु’टाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सीतारामका बुबाआमा चितवनपुगेका थिए कमलाकुमारी र वोगराजका तीन छोरा र दुई छोरी मध्ये सिताराम कट्टेल जेठो सन्तान हुन् ।आमा कमलाले अगाडि भनिन्, ‘नेपालकै छोरो होस्, अरूले पनि मेरो छोरा भनिदिउन्, सबैको राम्रो होस्, राम्रो गरोस् ।’

     

     

    रंगशाला निर्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।वृद्धबाबुआमादेखि खाडीमा गएर चर्को श्रम गर्न बाध्य नेपालीहरुले गरिरहेको सहयोगको एक पैसा पनि हि’नामिना नगर्न र सबै खर्च पा’रदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ ।उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हि’नामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ । यहाँबाट जाँदा हाईहाई भएर फूलमालाले वि’दाइ हुनुपर्छ, कसैको पनि दुई पैसामा र्‍याल चु’हाउने हैन ।तिमीले नेपाल आमाको सच्चा छोरा प्र’माणित गरेर अझैं देखाऊ, त्यसैमा मलाई ग’र्व छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…