विराटनगरमा संघर्षशिल पत्रकार हुन्, सुजता निङ्लेकु । विगत ६ बर्षदेखी पत्रकारिता यात्रामा क्रियाशिल सुजता खोजमुलक समाचारमा आफूलाई अब्बल राख्न तत्पर छिन् । ओझेलका खबर ,पात्र र दिनदुखीहरुको विषयमा उनको कलम निक्कै चल्ने गरेको छ । पत्रकारितासँगै उनी आफ्ना विचारहरु पनि पस्किछिन्, आर्टिकल मार्फत । महिलाहरुको पत्रकारिता निक्कै चुनौतीका रुपमा हेरिने गरिपनि कतिपनि विचलित नभई अहोरात्र लागिरहेकी निडर पत्रकार सुजताको आरोह अवरोहरु जस्ताको तस्तै सम्बाद मार्फत यहाँ प्रस्तुत गरिएको छ ।
तपाई कहाँ जन्मीनुुभयो ?
संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा मेरो जन्म भएको हो ।
कस्तो परिवारमा ?
म मध्यम वर्गिय परिवारमा जन्मेको हो ।
बाल्यकाल कसरी बित्यो ?
हामी दुई सन्तान मात्र हो । भाई र म, बुवा जागिरे हुनुहुन्थ्यो सदरमुकाममा नै जन्मेर त्यहि हुर्केको भएर पनि होला खासै दुःख वेहोर्नु परेन । बाल्यकाल हाँसखेलमै वित्यो ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
, म सानै देखि पत्रपत्रिका पढ्ने गथ्र्ये । संसारभरका खबरबाट म प्रभावित हुन्थ्यो । नेताजस्तै देश बदल्ने सोच म मा पनि आउन थाल्यो । नेताहरू कतिका इमान्दार छन् छैनन् मलाई थाह छैन तर समाजका बेथिति, विसङ्गती, विभेद, कुरितीका विरूद्ध कलम चलाउने निधो गरे र सञ्चार क्षेत्रमा आए ।
अरु केही बन्ने सपना थियो की ?
सपना असिमित हुन्छन् । सपना नदेख्ने कोहि हुँदैन । सपनाले जीवनका विविध रङ र आयामलाई औंल्याएको हुन्छ । हो मैलेपनि सप्तरङी सपना देखेको थिएँ । मेरो सपना कानुनको ज्ञाता बन्ने थियो । तर इच्छा त विपनामा मात्रै पुरा हुन्छ ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
,प्रेरणाका श्रोत धेरै हुन्छन् । भानुभक्त पनि घाँसीको प्रेरणाले आदिकवि बने । प्रेरणाका श्रोत असिमित हुन्छन् । मैले प्रकृतिबाट प्रेरणा लिए, जीवनका यथार्थबाट प्रेरणा लिए । समाजको रचनात्मक्ताबाट प्रेरणा लिए भने नकारात्मक्ताबाट धेरै कुरा सिके । मलाई संचार क्षेत्रमा जीवनका विविध आयामले तानेको हो । म अशक्तहरूको आवाज बन्न चाहन्छु । म समाजमा दबिएर रहेका स्वरहरूको प्रतिनिधित्व कलमको माध्यमबाट गर्न चाहन्छु।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
सजिलै स्थापित हुन त्यहि क्षेत्रको पारिवारिक पृष्ठभूमी हुनुपर्छ । तर व्यवस्थापकीय गुण भने आ–आफ्नै हुन्छ । म कोशिशलाई नै संघर्ष भन्छु । कमिलोले पनि एकै पटकमा पर्खाल नाध्न सक्दैन । तर बारम्बारको कोशिशले ऊ सफल हुन्छ । म आफूलाई स्थापित होइन तर सिकारू भन्न रूचाउँछु । सिकाईले मानिसलाई परिपक्व बनाउँछ । इमान्दारिताका साथ काम गर्दैछु । हेरौं कहाँसम्म पुगिन्छ ।
पत्रकारितामा कस्ता कस्ता चुनौती भोग्नुभएको छ ?
, विभेदपूर्ण समाजमा महिलालाई चुनौती हुन्छ नै । आर्थिक, सामाजिक, राजनैतिक, पारिवारिक, व्यवसायीक सुरक्षाको कुरा सर्वप्रथम आउँछ । पहाड जस्ता चुनौतीलाई आफ्नो विवेकले समाधान गर्दै जानुपर्छ । सजग रहनु पर्छ । म आफूलाई लागेको कुरामा चट्टान जस्तै अडान राख्छु ।
आफ्नै नजरमा तपाई के हो र कोहो ?
, म एक कल्पनाशील महिला हुँ । कल्पनालाई वास्तविकतामा रूपान्तरण गर्न सक्नुपर्छ भन्ने सोच राख्दछु । अप्ठेरा आउँछन् , त्यसलाई हिम्मतका साथ सामना गरेर लक्ष्य प्राप्तितर्फ उन्मुहु नै पर्ने भावना म मा भरिएको छ ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
मान्छेको पछाडि लागेर भगवानले त सकेनन् भने म मानव भएर के सकँुला र ? प्रत्येक मानिसको कसैप्रतिको मूल्याङ्कन फरक–फरक हुन्छ । कोहि एकले फलाना असल भन्छ भने अर्कोले त्यसैलाई खराब पनि भन्न सक्छ । जसले जसरी चिनोस् म आफ्नो काममा लागिरहेको हुनेछु ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
, म उर्जावान छु । सुरु गरेको काम फत्ते नगरूञ्जेल चैनले बस्न मन लाग्दैन ।
अनि कमजोर पक्ष चहि नी ?
, म भावुक छु । कसैसँग चिनजान भयो भने ऊ सँग घुलमिल भएर मनका कुरा सबै खोल्न खोज्छु । यो नै मेरो कमजोर पक्ष हो । तर आफूले कसैलाई राम्रो सोच्यो भने ऊसले पनि राम्रै सोच्छ भन्ने हुँदैन रहेछ ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
हेर्ने धारणाभन्दा पनि उसमा के कस्तो खाले गुण छ त्यो सर्वोपरी हुन्छ । हेराई तपाईमै भर पर्ने चिज हो । कसैलाई कसरी हेर्ने हो त्यो आफैमा भर पर्ने कुरा हो । सकारात्मकताले हेर्ने हो भने सबै कुरा ठिकै देखिन्छ , कुदृष्टिले हेर्ने हो भने गल्ती धेरै भेटिन्छन् ।
तपाईलाई कति खेर रिस उठ्छ ?
मेरो आत्मसम्मानमा ठेस पुग्छ मलाई त्यतिखेर रिस उठ्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
मेरो पनि कोमल मन छ । पत्रकारितामा कहिले काँही कठोर पनि बन्न’ पर्ने हुन्छ । सबै काम सकेर जब म ओछ्यानमा पल्टिन्छु कहिँलेकाँही विगतका यात्रा र आरोह अवरोह सम्झीएर भावुक हुन्छु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
जब मैले गरेका कार्यले पूर्णता पाउँछ, तब म मा खुशीको सिमा नै हुँदैन ।
तपाईका दुःखहरु के हुन् ?
दुःख र पीडा देखाउने चीज होइन । म दुःख अरूलाई साझा गर्न चाहन्न । दुःख पोख्नु भनेको आफै निरिह बन्नु हो । मानिसको बीचमा तमासा बन्नु हो जस्तो मलाई लाग्छ ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
अदालतमा उभिएर डिभोर्स पेपरमा हस्ताक्षर गर्दाको समय
त्यसलाई के को बलमा पार गर्नुभयो ?
शक्तिको रुपमा लिए । त्यसैले त एक्लै निडर भएर उभिइने हिम्मत गरेकी छु ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
यहि हो भन्ने त छैन, तर पनि बिराटनगर आएर जुन संघर्ष गर्ने निर्णय लिए । यहाँ आएर पाएका साथिभाई, मेरा अग्रजहरुले दिनुभएको साथ र माया ।
अनि गलत चहि नी ?
धेरै छन्, त्यो मध्ये जीवनमा कोही एक मान्छे चिन्न नसक्नु गल्ति गरे ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
मैले समय चिन्न सकिन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
मेरा प्रिय पात्र अर्थात मेरा छोरीहरु मबाट छुटिएको समय ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
ठयाक्कै समय थाहा भएन ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
आजभोली मान्छे चिन्न सकिन्न, तर सम्बन्धलाई इज्जत गर्ने, खुल्ला स्वभावको
अनि कस्तो मन पर्दैन ?
झुठ बोल्ने
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
कसैको भावनाको मजाक बनाउने मान्छेलाई ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
पुस्तक पढ्छु, साथीभाई जमघट अनि कथाका पात्र खोज्छु ।
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
मलाई नाच्न असाध्यै मनपर्छ । ती बाहेक फोटोग्राफीमा धेरै रुची छ ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
अग्रज पत्रकार विजय कुमार पाण्डेको खुशी
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
डा. संञ्जीव उप्रेतीद्धारा लेखिएको उपन्यास हंस ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
बुद्धि सागरद्धारा लेखिएको उपन्यास कर्णाली ब्लुज
कस्ता फिल्म हेर्नुुहून्छ ?
म सामाजिक, सांस्कृतिक, नैतिक, राजनिति मिश्रित फिल्म हेर्न मन पराउछु ।
तपाईलाई मनपर्ने फिल्म ?
दक्षिण
दोहोराएर हेर्नुभएको फिल्म ?
दक्षिणा
तपाईलाई म पर्ने हिरो हिरोइन ?
नायक नाजिर हुसेन, हिराइनमा पुजा शर्मा
तपाईलाई रुवाएको फिल्म ?
दक्षिण फिल्म हेर्दा धेरै राए ।
मनपर्ने गायक–गायिका ?
सबै गायक गायिका मेरा लागि उत्तिकै हुन् । म सबै खाल्का गीत सुन्छु तर मलाई नारायण गोपाल र तारा देवी मन पर्छ ।
मनपर्ने ठाउँ ?
मलाई आफ्नै जन्मभूमी संखुवासभा मनपर्छ ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
पुष्प कमल दाहाल प्रचण्ड ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
अमेरीकाका पूर्व राष्ट्रियपति आवरक ओवामा
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
मलाई गगन थापा मनर्छ । उनका केहि विचार मनपर्छ ।
तपाईको आदर्श को हो, किन ?
मेरो आदर्श नै मैले भोगेको भागाइ हो ।
नेपालका मन पर्ने साहित्यकार ?
भानु भक्त आचार्य ।
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
त्यस्तो केहि गुनासो छैन ।
अनि यो समाजप्रति चहि नी ?
समाज प्रति त म कृतज्ञ छु । म प्रति गरेका नकारात्मक व्यहवारले अझ बलियो बनायो, सकारत्मक व्यहवारले थप उर्जा मिलेको छ ।
जीवन के रहेछ ?
जीवन दुख र सुखको समिश्रण संगम हो भने मिलन र विछोडको कथा ।
बाँकी योजना र सपना कस्ता छन् ?
बाँकी योजना खासै केही छैन, तर सपना अनगिन्ति छन् ती मध्ये पनि जिवनको कुनै कालखण्डमा पत्रकारिता क्षेत्रमा सफलता प्राप्त गर्न सकौं भन्ने सपना चाँहि छ ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
मैले अरुको कथाका सम्क्षिप्त भोगाहरुलाई बुझ्दा बुझ्दै आफूलाई र समाजलाई बुझ्ने अवसर पाए ।
अनि के गुमाउनु भयो ?
मैले गुमाउनु भन्दा धेरै यो क्षेत्रमा पाए ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
मलाई जहाँसम्म लाग्छ, पत्रकारिता क्षेत्रमा मात्रै होईन् अन्य क्षेत्रमा पनि चनौतीहरुछन् । तर बाँच्नका लागि अरुले होइन आफूले वातावरण निर्माण गर्नुसक्नु पर्छ । मिहेनत, लगनशिल हुनुप¥यो ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
म पनि खासै पुरानो होइन, सिकारु नै हो । तर पनि यो क्षेत्रमा आउने नयाँ पुस्ताले हौसिएर रहरले भन्दा पनि केहि अध्ययन र अनुभव लिएर प्रवेश गर्दा काम गर्न सहज हुन्छ । पत्रकारिता पेशा सिकेर र लेखेर नसकिने पेसा हो निरन्तरता चाँहि दिइनै रहनुपर्छ । समय, मिहेनत र लगनशिलता चाहिँ हुनुपर्छ जस्तो लाग्छ ।