चैत ४, काठमाडौं । प्रदेश-२ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदैछ । राजधानीबारे टुंगो लागे पनि नामकरणबारे सत्तारूढ र प्रतिपक्षी दलबीच सहमति नजुटेपछि त्यसको टुंगो गोप्य मतदानबाट लगाइने भएको हो ।
प्रदेशसभाबाट राजधानी र नाम टुंगो लगाउन गठित विशेष संसदीय समितीको पटकपटक बसेको बैठकमा राजधानीबारे टुंगो लागेको थियो तर, विशेष संसदीय समितीले नाम टुंगो लगाउन सकेको थिएन । अब भने स्थायी राजधानी र नामाकरणको टुंगो मतदानबाट लगाइनेछ, त्यसका लागि प्रदेशसभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा पार्टी तथा सांसदले प्रस्ताव गरेको नाम र राजधानीको बारेमा समान्य छलफलपछि मतदान हुनेछ । सचिवालयले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताए । समितिको प्रतिवेदनमा प्रदेश राजधानीको लागि दर्ता भएको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता गराएर जनकपुर राजधानी राखिएको छ ।
प्रदेशका चार दलले तीन वटा अलग-अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–-ोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् । मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानीका लागि दुईतिहाइ मत आवश्यक पर्छ ।
प्रदेशसभामा सता पक्ष समाजवादी पार्टी को ३०, राजपा २५ सांसद गरी ५५ जना छन् । प्रमुख प्रतिपक्ष नेकपाको ३२, प्रतिपक्ष कांग्रेस १९ र संघीय समाजवादी पार्टीको १ सांसद छन् ।