• ०४-चैत्र-२०७६ |अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु गरिएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो ।

     

    खोपमा कोरोनभाइरस ९कोभिड–१९० को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन । यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

     

    यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । ‘केही गर्नका लागि मेरो लागि यो सुनौलो अवसर थियो,’ जेनिफर हेलरले एपीसँग कुरा गर्दै भनिन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

     

    यसअघि, दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो । तर, एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।

     

    यसमा स्वयम्सेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोजहरु दिइएको छ । उनीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइनेछ ।यदी सुरुवाती परीक्षण सफल भए पनि खोपलाई साधारण व्यक्तिलाई दिनका लागि तयार हुन १८ महिनासम्म लाग्ने बताइएको छ । रातोपाटीबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…