• पञ्जावबाट फर्किएका ११ जनामा भेटिएन कोरोना भाइरस

    चैत ४, जनकपुर । कोरोना भाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ११ जनामा कोरोना नभएको पुष्टि भएको छ । उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

     

    केही दिनअघि रोजगारीका शिलशिलामा भारतको पञ्जावबाट फकिएका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीलाई कोरोना भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

    पञ्जावबाट फर्किएका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ ।

     

     

    यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागले जनाएको छ ।

    उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…