•  

    इटहरी, ४ चैत : अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गर्नुभएको थियो ।

     

    विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन ःस्थापनामा सबैको ध्यान जानुपर्छ ।”

     

     

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…