विश्वमा तिव्रगतिमा फैलिरहेको काेरोना भाइरसका कारण नागरिक त्रसित बनेका छन् । डरकै कारण पनि अस्पतालसम्म नागरिक पुग्न सकेका छैनन् । कोरोनाको लक्षण देखिएको बिरामी अस्पतालबाट भागेको समाचार नआएका होइनन् । यस्तो अवस्थामा सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।
सरकारले सा वधानी अपनाउनकालागि जनतासँग आग्रह गर्दै केहि भएमा सरकारको साथ रहने विश्वास दिलाउन सक्नुपर्छ । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सामान्य ल क्षण देखिदैँमा क्वा रेन्टाइनमा राख्न राज्यले नसक्ने बताएपछि जनता नि राश बनेका छन् ।
मन्त्री ढकालले जुन अर्थमा उक्त कुरा बताएपनि अहिलेको अवस्थामा उक्त भनाई असान्दर्भिक भएको भन्दै आलोचना भइरहेको छ । कोरोनोले विश्वलाई नै आतंकित बनाइरहेको बेला राज्यले जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्छ । जनतामाको रोनाको डर बढिरहेको बेला उनीहरुलाई सचेत गराउन तर्फ सरकार केन्द्रीत हुनुपर्छ ।
राज्यले सहयोगनै गर्न नसक्ने जस्ता हास्याँस्पद अभिव्यक्ति दिएर जनतामा भ्रमछर्ने काममा सरकार लाग्नुहुदैँन । तसर्थ, नागरिकलाई स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सरकार एक कदम अघि बढ्न आवश्यक छ । त्यसैगरि, नागरिकले पनि स तर्कता अपनाउनुपर्छ । कुनै पनि लक्षण देखिएमा निर्धक्क भएर जाँ च गर्नुपर्छ । अतः कोरोना विरुद्धल ड्न सबै संवेदनशिल भएर अघि बढ्न आवश्यक छ । VIO:https://www.onlinepana.com/