•  युबराज रेग्मी चैत्र ४, गौरादह /

    झापा जिल्लाको दक्षिणी पालिका गौरादह नगरमा हाल बिश्वभर फैलिएर महामारीको रुप लिएको कोरोना भाइरस (COVID-19 ) संक्रमण सम्बन्धी सचेतनाका निमित्त गौरादह नगरपालिका नगर स्वास्थ्य साखाको आयोजनामा सचेतना सहायता कक्ष(HELP DESK)स्थापना गरिएको छ ।

    चीन बाट सुरुभएको कोरोना भाइरस हाल बिश्वका करिब १सय ५० भन्दा बढी मुलुकहरुमा संक्रमित भइसकेको राष्ट्रिय तथा अन्तरास्ट्रिय सन्चारमाध्यमले जानकारी गराइसकेका छ्न । बिश्वमा फैलिएको कोरोना रोग नियन्त्रण उपचार पद्धति हाल पुर्णतया बिकसित भइ नसकेको अवस्थ्यामा रोग लाग्न बाट बच्न आवस्यक जानकारी उपलब्ध गराउन कार्यक्रम आयोजना गरिएको हो ।

    साथै नेपालमा यश रोगको संक्रमणका कुनै बिरामी रहेको नपाइए पनि आगामी दिनमा निम्तिन सक्ने जोखिम बाट बच्न गौरादह नगरपालिका नगर स्वास्थ्य साखाको आयोजनामा सहायता कक्ष निर्माण गरिएको गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष तथा गौरादह नगरपालिका बिपद ब्यबस्थापन समितीका सम्योजक श्री हेमन्त कार्कीले बताए ।

    कार्यक्रममा बोल्दै नगर स्वास्थ्य साखा सम्योजक पर्सुराम भट्टराईले यश संक्रमण बाट जोगिनका निमित्त आवस्यक सहायता सामाग्रीका साथ स्वास्थ्यकर्मी हरु सहायता कक्षमा दैनिक १० बजे देखि ४ बजे सम्म खटिने भएकाले कसैलाई यश रोग सम्बन्धी संक्रमणको आसंका लागेमा सहायता कक्षामा आएर स्वास्थ्य परिक्षण गराउन सकिने साथै संक्रमण बाट बच्ने एबम अपनाउन सकिने साबधानी बारेमा जानकारी समेत लिन सकिने बताए ।

    कार्यक्रममा बोल्दै लायन्स क्लब अफ गौरादहका चार्टर्ड प्रेसिडेन्ट डा.तिलक खनालले रोग लाग्न बाट बच्न रोग प्रतिरोधात्मक छ्यमता बढाउन आवस्यक क्यालोरो युक्त खानेकुरा खाने ,सम्भाबित छेत्रमा सरसफाइको सचेतना प्रवाह गर्दै दैनिक रुपमा मानिसको जमघट हुने स्थानमा भरसक नजाने, जादा साबधानी अपनाउने ,मानिसको जमघट हुने होटेल तथा रेस्टुरामा भरसक नजाने खाजा खानका लागि जादा आवस्यक साबधानी अपनाउने, दैनिक सरसफाइमा विशेष ध्यान दिने , साप्ताहिक रुपमा लाग्दै आएका हाट बजार लाइ केही दिनका लागि बन्द गरेर सम्भाबित संक्रमण बाट बच्न मानिसको भिडभाड लाई नियन्त्रण गर्न आवस्यक रहेको बताए ।

    कार्यक्रमा आफ्ना बिचार राख्दै नगर प्रमुख श्री रोहित कुमार साहले यश महामारी बाट बच्न नगरपालिकाको तर्फ बाट आवस्यक सहायता उपलब्ध गराउनुका साथै संक्रमण बाट जोगिन विभिन्न सन्चार माध्यमबाट आवस्यक प्रभाबकारी सुचना सम्प्रेषण गर्ने ,नगर छेत्रमा रोगको बारेमा सचेतना एबम जानकारिमुलक सन्देस प्रवाह गर्न माइकिङ गर्ने साथै आवस्यक परेको खण्डमा सक्रमीत र संखा गरिएका ब्यक्तीलाई थप अनुसन्धान र उपचारका निमित्त नगरबाट आवस्यक ब्यबस्था गरिनुका साथै स्वास्थ्य संग सम्बन्धित स्वास्थ्यकर्मी हरुलाई सकृय रुपमा रहिरहने ब्यबस्था मिलाउनुका साथै बिरामी लाई आवस्यक पर्ने सहायता सामाग्री , उपचारका निमित्त एम्बुलेन्स लाई तत्काल सेवामा हाजिर हुने ब्यबस्था मिलाउन सेवाप्रदायक संघ सस्थाहरु सग समन्यबय गर्ने बताए ।

    गौरादहको डिपुचौकमा स्थापना गरिएको कोरोना संक्रमण सहायता कक्षमा स्वास्थकर्मी हरुले कार्यक्रममा उपस्थित महानुभाब लाई स्वास्थ्य परिक्षण गर्नुका साथै हेल्प डेस्क मार्फत सरसफाइ सम्बन्धी आवस्यक जानकारी समेत गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…