• उर्लाबारी, कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि बजारमा माक्सको अभाव शुरु भएको छ ।

    स्थानीयस्तरमा अभाव पुर्ति गर्नका लागि उर्लाबारी ५ स्थित सगरमाथा ब्याग उद्योगले माक्स उत्पादन शुरु गरेको छ । सो उद्योगले मुलतः कपडाबाट बनाइएको माक्स उत्पादन गर्न शुरु गरेको छ । बजारमा माक्सको अभाव भएपछि माक्स उत्पादन शुरु गरिएको उद्योगका सञ्चालक सुबोध भण्डारीले बताए ।

    सो उद्योगले दैनिक एक हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्यमा माक्स बिक्री गर्ने सञ्चालक भण्डारीको भनाई छ ।

    हाल विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै माक्सको माग पनि बढेको छ । नेपालमा पनि माक्सको कृतिम अभाव दैनिक बढ्दो छ । बजारमा माक्सको अभाव न्युनिकरणमा टेवा पुर्याउने हेतुले माक्सको उत्पादन थालिएको भण्डारी बताउछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…