• काठमाडौं, ४ चैत । काठमाडौंलाई सम्भावित कोरोनाको संक्रमणवाट बचाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आह्वान गरेका छन् ।

    कोरोना विरुद्धको लडाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दायित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका हुन् ।

    कोरोनाको आशंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न उनीहरुले आफ्नो घर सुम्पने बताएका छन् ।

    यी मनकारी व्यक्ति हुन्, काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतम । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ती घर सार्वजनिक गर्दै क्वारेन्टायनमा बस्न निशुल्क रुपमा उपलब्ध गराउने बताएका हुन् ।

    काठमाडौंको सिफल स्थित आफनो आलिशान घर देखाउँदै चिराग गोयलले फेसवुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हाम्रो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’

    गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने पनि उल्लेख गरेका छन् । उनले कोरोना भाइरससँग लड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् । उनले अझै अगाडी बढेर भनेका छन् कोरोनासंग जुध्नका लागि सरकारले चाहे आफ्नो खाली घरलाई अस्थायी अस्पताल बनाउन चाहे पनि उपलब्ध गराउन चाहन्छु ।



    यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा रहेको आफ्नो खाली घरलाई पनि क्वारेन्टायनका लागि प्रयोग गर्न सकिने बताएका छन् । विक्रीका लागि राखेको घर अहिले खाली छ । त्यसैले त्यो घर पनि क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

    गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको उल्लेख गरेका छन् । ‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी कोरोना भाइरसमुक्त नेपाल भए पछि मात्र बिक्री गर्ने छौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…