कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।
भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको हो ।
उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ ।
पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ । यसले कोरोनाबाट बच्न मानिसले अपनाउनुपर्ने सावधानीबारे सचेतना वृद्धि हुने उनको भनाइ छ ।