•  

    चैत्र ४, जनकपुर । प्रदेश २ को नामाकरण र राजधानीको टुङ्गो लगाउन भइरहेको मतदानमा ‘मिथिला भोजपुरा’ राख्ने नाम अस्वीकृत भएको छ। उक्त नामको प्रस्ताव नेपाली कांग्रेसले गरेको थियो ।

    मंगलबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍योको छ भने विपक्षमा ७९ मत परेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद भए पनि मतदानमा ९ मत बढी खसेको थियो ।

    यसअघि प्रदेशको नाम ‘जानकी’ पनि अस्वीकृत भएको छ । उक्त नाम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत आएको थियोे भने विपक्षमा ७० मत आएको थियो ।

    प्रदेशसभामा १०७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…