• चैत ५, पथरी ।
    भनिन्छ संघियता आए सगै सिहदरवारको अधिकार विकेन्द्रित भएर गाउ–गाउ सम्म आइपुग्यो,दरवार मात्र आएन दरवार सगै जनचाहना बोकेका जनप्रतिनिधि पनि सगै गाउ घरका कुना कन्दरामा अभिर जात्रा गर्दै आए ।
    हर्सौ उल्लासका साथ आएका जनप्रतिनिधिले स्थानिय क्षेत्रको विकाश र समृद्धिको लागि जनतालाई आश्वस्त पार्दै कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिवद्धता समेत गरे, तर त्यसको कार्यान्वयनमा भने अहिले जनप्रतिनिधिहरु चुक्न थालेका छन् ।

     

    जसको पछिल्लो उदाहरण, पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ३ मा संघिय संसाद विकाश कोष बाट परेको योजना आश्र्चय जनक रुपमा परिवर्तन हुनुले यो कुरा पुष्टि गर्छ ।


    २०७६ पुष ७ गते प्रदेश संसाद विकाश कोष बाट वडा नम्वर ३ मा रहेको जनता मावि बाट उत्तर तर्फ जाने बाटो स्तरउन्नतिका लागि १० लाख रुपैयाको वजेट पास भएको थियो ।

     

    पुषमा जव योजना पास भएर सो बाटोको स्तरउन्नतिका लागि स्थानिय पालिकालाई परिपत्र भयो त्यो पत्र नगर हुदै वडा सम्म पुग्यो तर कार्यान्यनमा भने आएन ।
    स्थानिय जनताले सोको कार्यान्वयनका लागि पटक–पटक वडा सग माग गरेपनि वडा अध्यक्षले कुनै वास्ता नगरेको स्थानिय निर्मला चौहानको भनाई ।

     

    फलत ३ महिना पछि एक्कासी योजना परिवर्तनको पत्र आएको भन्दै वडा अध्यक्ष आफै उपभोक्ता समिति गठन गर्न सोही योजनाको दक्षिण पट्टिका जनतालाई अनुरोध गर्न पुगेपछि माथिल्लो पट्टिका जनतामा निराशा छाएको छ।

     

    स्थानियले योजना परिवर्तन हुनुको कारण वडा अध्यक्ष डम्वर वहादुर चेमजोङलाई माग गर्दा उहाले आफुलाई कुनै कुरा थाहा नभएको प्रतिक्रिया दिएपछि विवाद उत्पन्न भएको थियो ।

     

    विवाद मात्र उत्पन्न भएन आक्रोसित जनताले वडा कार्यालयको काम कार्वाही समेत मंगलवार अवरोध गरे ।
    आफ्नो बाटोमा परेको योजना गाउकै एक नेकपाका पार्टी कार्यकर्ता केशव बरालको अगुवाईमा गोप्य रुपमा परिवर्तन गराएको अर्का एक स्थानिय नवराज तुम्बाहाम्फेको आरोप छ ।


    केही दिन अगाडी बरालले गाउलेको घरमै पुगेर धम्कीपूर्ण भाषाको प्रयोग गर्दै चाहेको खण्डमा वजेट फ्रिज गर्न सक्ने सम्मको धम्की दिएको वडामा उपस्थीत भएका अन्य स्थानिय वासीले बताए । त्यसको केही दिनमै योजना परिवर्तनको पत्र बोकेर अध्यक्ष पुगेका थिए ।

     

    एउटा पार्टीको कार्यकताले धम्की दिदै योजना नै परिवर्तन गराएपछि निराश बनेका स्थानिय योजना यथास्थानमा कार्यान्वयन गराउन वा परिवर्तनको कारण वारे सम्वधित निकायमा पहल गरिदिन अनुरोध गर्न पुगेपछि वडा अध्यक्ष चेमजोङले माथी बाट परिर्वतन भएर आएको योजना हो, म केही गर्न सक्दीन भन्ने गैह्रजिम्मेवार जवाफ दिएका दिएका छन् ।

     

    साथै अध्यक्ष चेमजोङले स्थानियलाई अध्यक्षको कुर्सीमा वसेर म पनि कुनै पर्टी बाट प्रतिनिधित्व गर्दै जन निर्वाचित भएर आएको हुँ पार्टीको हावी अझै पनि हामी माथी छ म स्वतन्त्र छैन भन्ने जवाफ दिएको स्थानियको भनाई छ । जसलाई आधार मान्ने हो भने जन प्रतिनिधि अझै पनि पार्टी मुखी नै भएको स्पष्ट देखिन्छ ।

     

    निर्वाचन ताका जुनसुकै पार्टीको प्रतिनिधित्व भएर निर्वाचित भए पनि स्थानिय क्षेत्रको विकास समृद्धिका लागि अहिले भने त्यो लगाम फुस्कीनु आवश्य छ ।
    स्थानिय तहमा सत्ता पक्ष र प्रतिपक्षको भुमिका हुन्न भन्ने व्यावस्था भएपनि व्यावहारमा भने त्यो नदेखिएको स्थानियहरुको भनाई रहेको छ । यो एउटा प्रतिनिधिमुलक समस्या भएपनि नगरपालिका र अन्य वडामा पनि यस्तै हुने गरेको स्थानियहरुको बुझाई छ ।

     

    हुनत जनप्रतिनिधि भनेका जनतका माग र ऐजेन्डाहरु बोकेर हिड्ने साझा व्याक्ति भए पनि स्थानिय तहमा भने विकाश निर्माणका कार्यमा पार्टी र कार्यकता लाई पायक पर्ने हिसावले हेर्ने चलन बढ्दै गएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…