एसईई परीक्षा स्थगित
काठमाडौं , सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रो।क्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो। को’रोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए। ‘को’रोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्चितकाललाई स्थगित गर्ने निर्णय भएको छ’।
 
 
उनले भने, ‘अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।’ यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको ।भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो। एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        