• दीप खादी लिम्बू।

    चैत्र-५,क्वालालम्पुर।

    सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नम्बर ७, स्थायी बसोबास रही हाल रोजागारको शिलशिलामा बिगत ३२ महिना देखि मलेसियाको क्वालालम्पुर बन्दर बारु बाङ्गी स्थित र्योका एस.डी.एन.बि.एच.डी कम्पनीमा कार्यारत विशाल स्याङतान तामाङ लाई नेपाल तामाङ कलाकार संघ मलेशियाले आर्थिक सहयोग गरेको छ।

    गत १९ फेब्रुअरी २०२० को दिन बिहान ५:३० बजे तिर बाथरुम जाने क्रममा चिप्लिएर लड्दा खुट्टाको नसा चुडिएर गहिरो चोट लागेको थियो।खुट्टाको सल्यक्रिया गरिएको भए पनि स्वास्थ्य स्थितिमा सुधार नभएपछि थप उपचारको लागि नेपाल फर्किनु पर्ने भएको हो।

    उपचारको लागि आर्थिक रकम अभावका कारण नेपाल तामाङ कलाकार संघका बरिस्ठ उपाध्यक्ष तेन्जिङ लो तामाङ मार्फत सम्पर्कमा आई आर्थिक सहयोगको याचना गरे पश्चात् कलाकार संघको नेतृत्वमा आर्थिक शङ्कलन थालिएको थियो।उक्त अभियान बाट शङ्कलित रकम मलेशिया रिङ्गिट २८२५ जम्मा भएको थियो।

    सो सङ्कलित रकम संघका बरिस्ठ उपाध्यक्ष तेन्जिङ लो तामाङ र सदस्यहरु: पाल्सङ तितुङ तामाङ, सरिल तामाङ, सुबास तामाङ, बिलाप तामाङ,सबिन योन्जन तामाङ,देवन योन्जनको उपस्थितिमा संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङले घाइते विशाल स्याङतान तामाङ लाई हस्तान्तरण गरिएको जानकारी अमीर लोप्चनले जानकारी दिएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…