• चैत्र ६, काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशको मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले सामान्यतया मौसम सफा रहने बताएको छ ।

    मौसमको अवस्थाः

    हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    चैत्र ०६ गते (बिहिबार)

    दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ ।

    चैत्र ०७ गते (शुक्रबार)

    दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पुर्वी पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

    चैत्र ०८ गते (शनिबार)

    दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी पहाडी भु–भागका १–२ स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पहाडी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…