•  

    मोरङ । । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।

    सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए । काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गरेका छन् । ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु ।’ नेता कोईरालाले भने ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’

    धेरै नेता कार्यकर्ताहरुले आफुलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उनले बताए । सवैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउँन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिरसमेत गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…