• काठमाडौं । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले कोभिड-१९ का कारण वैदेशिक रोजगारमा जान नपाएका युवाहरूलाई सरकारले स्वदेशमै रोजगारीको अवसर दिने बताएका छन् । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

    कोभिड-१९ को संक्रमण हुन सक्ने जोखिमलाई हेरेर विदेश जान र विदेशबाट आउन रोकिएको भन्दै श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी उपलब्ध गराइने उनको भनाई थियो ।

    काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगारी दिइने उनको भनाई छ ।

    मन्त्री खतिवडाले सानो ठूलो काम नभन्न पनि आग्रह गरेका छन् । श्रमको अवसर जुटाउन सो कुरा लागू गर्न छलफल अघि बढिसकेको उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…