सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा बिहीबारदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनगर गर्दै सर्तकता अपनाउनका लागि हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिएका छन् ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठकले नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ ।