फाइल फाेटाे
चैत्र ६, काठमाडौँ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (काेभीड-१९) को कारण शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बस्ने भनिएको बैठक स्थगित गरेको हो । अब प्रतिनिधि सभा बैठक आउँदो चैत १३ बिहीबार बस्नेछ ।
विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै सांसदहरुले यस्तो बेला संसद बैठक स्थगित गर्नु पर्ने माग राख्दै आईरहेका थिए । सोही कुरालाई मध्यनजर गर्दै भाेली शुक्रबारको बैठक स्थगित गरिएको हो ।
यसैगरि भोलिकै लागि तय भएको राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी रहेको छ ।