• मिक्लाजुङ, ८ माघ ।  दीपज्योति युवा क्लब मधुमल्लाको आयोजनामा जारी प्रथम मिक्लाजुङ अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा टाँडी मावि र कालिका मावि विजयी भएका छन् ।

    मधुमल्लास्थित मनोहर जनता माविको खेल मैदानमा भएको छात्रातर्फको खेलमा मनोहर जनता माविलाई २ – ० गोल अन्तरले हराउँदै टाँडी मावि मिक्लाजुङ १ विजयी भएको हो । यस्तै आजै भएको छात्रतर्फको खेलमा टाँडी माविलाई २ – ० ले हराउँदै कालिका मावि मिक्लाजुङ ३ विजयी भएको छ । प्रतियोगितामा भोली छात्रतर्फ दोश्रो चरणका खेल हुने भएका छन् । भोली हुने छात्रतर्फको खेलमा सेमिफाईनल प्रबेशका लागि कालिका मावि र रिलायन्स अंग्रेजी मावि मिक्लाजुङ ७ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोली नै छात्रातर्फको खेलमा बक्राहा मावि मिक्लाजुङ ६ र रिलायन्स अंग्रेजी माविबीच प्रतिस्पर्धा हुने खेल संयोजक नेत्रप्रसाद दाहालले जानकारीदिनु भयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…