• काठमाडौं । जंकफुटको रुपमा अत्याधिकमात्रामा रुचाईने पहिलो नम्बरमा पर्ने बस्तु हो चाउचाउ । तर सोही चाउचाउले मानव स्वास्थ्यमा गम्भीर प्रकारको रोगहरु निम्त्याउने गरेको पुष्टी भएको छ ।

    चाउचाउमा प्रयोग गर्ने अखाद्य रसायन र विभिन्न स्वादमा उत्पादन गरिएका गुणस्तहिन चाउचाउ खादाँ मानव स्वास्थ्यमा गम्भीर असर गरी प्राणघातक रोगको शिकार हुनसक्ने चेतावनी शोधकर्ताहरुले दिएका छन् ।

    अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको एक अनुसन्धानबाट चाउचाउको सेवनले हृदयाघातदेखि मधुमेहसम्मका प्राणघातक रोग निम्त्याउने निष्कर्ष निकालेपछि चाउचाउ खाँदा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने प्रमाणित भएको छ ।

    हार्वर्ड स्कूल अफ पब्लिक हेल्थका डा। ह्युन जुन शिनको नेतृत्वमा रहेको वैज्ञानिक टोलीले गत वर्ष गरेको अनुसन्धानको प्रतिवेदनमा फास्टफुड र तयारी चाउचाउका कारण मानव स्वास्थ्यमा पर्ने गरेको असरहरुको बारेमा सूक्ष्म विश्लेषण गरिएको छ । उक्त अनुसन्धानले तयारी चाउचाउको सेवन महिलाको मुटुका लागि हानिकारक हुने तथ्य सार्वजनिक गरेको छ ।

    मधुमेहको सम्भावना समेत चाउचाउ खानेहरुलाई बढी हुने निष्कर्ष शोधकर्ताहरुले प्रस्तुत गरेपछि विश्वभर चाउचाउविरुद्ध अभियानहरु सञ्चालन हुनथालेका छन् । शोधकर्ताहरुले चाउचाउको सेवनबाट हृदयाघातजस्ता प्राणघातक रोग लाग्नसक्ने सम्भावना निकै बढी हुने गरेको पत्ता लगाएका हुन् । शोधकर्ताहरुले चाउचाउ सेवनका कारण हुने हृदयाघातलाई कार्डियो मेटाबलिक सिन्ड्रोम भनेर नामकरण गरेका छन् । शोधकर्ताहरुले तयारी चाउचाउको सेवनका कारण रगतमा कोलेस्ट्रोलको मात्रा समेत निकै बढी फेला परेको जनाएका छन् ।

    अध्ययनका क्रममा उक्त टोलीले १९ देखि ६४ वर्ष उमेरका कुल १९ हजार छ सय ५३ जनामा गरिएको शोधमा १० हजार सात सय ७१ जना महिलाहरु सहभागी थिए । मानिसहरुले सेवन गरेको भोजनको गहिरो विश्लेषण गर्ने क्रममा कोरियाली खान्जी भाषामै प्रश्नावली तयार गरिएको थियो । उनीहरुले प्रश्नावलीमा ६३ वटा प्रश्न तयार गरेका थिए ।

    अध्ययनका लागि भोजनशैलीलाई दुई भागमा विभाजन गरिएको थियो । जसमा भात, माछा, तरकारी फलफूल तथा आलुलाई परम्परागत खानाको रुपमा लिइएको थियो भने चाउचाउलगायतका फास्टफुड सेवनलाई नयाँ शैलीको रुपमा लिइएको थियो । चाउचाउ लगायतका फास्टफुडमा भातको अंश कमी हुन्छ भने मासु, तारेको खाद्यपदार्थ तथा सोडाको अंश बढी हुन्छ ।

    अध्ययनका अनुसार परम्परागत खानेकुरा खानेभन्दा चाउचाउ खाने महिलामा कार्डियो मेटाबलिक सिन्ड्रोम दुई गुणा बढी देखिएको थियो । शोधकर्ताहरुले ९५ प्रतिशत मुटु रोग मासु र तयारी खानेकुराका कारण भएको तथ्य समेत उजागर गरेका छन् । उक्त तथ्याङ्कमा तयारी चाउचाउको भूमिका महत्वपूर्ण हुने निष्कर्षमा शोधकर्ताहरु पुगेको प्रतिवदेन सार्वजनिक गरिएको छ । उक्त शोधकर्ताको टोलीका अनुसार चाउचाउमा पाइने हर्मोन डिस्रप्टर बिस्फेनोल ए बीपीए भन्ने तत्व महिलाहरुका लागि अत्यन्तै हानिकारक हुने समेत उल्लेख गरिएको छ ।

    चाउचाउमा मोनो सोडियम ग्लुटामेट, बोसोका साथै पेट्रोलियम पदार्थ शुद्धीकरण गर्दा बाहिर रहने टर्सियरी ब्युटाइल हाइड्रोक्विनन्को समेत मिसावट गरिएको हुन्छ । चाउचाउको सेवनले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिँदा खाएको कुरा पचाउन गाह्रो हुने पनि उनीहरुले निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

    चाउचाउको सेवन नेपाल, भारत, कोरिया, जापान, थाइल्याण्डलगायतका एसियाली मुलुकमा अत्यधिक हुने गरेको छ । अध्ययनकर्ताहरुले कोरियाका चाउचाउ सेवन गर्ने नागरिकहरुको अध्ययन गरेका थिए । कोरियामा पछिल्लोपटक सन् २००७ देखि २००९ सम्ममा गरिएको कोरियन नेशनल हेल्थ एण्ड न्युट्रोसन इक्जामिनेसन सर्भे चौँथोलाई उनीहरुले पनि आधार बनाएका थिए ।

    शोधकर्ता टोलीका अनुसार चाउचाउको सेवनले दक्षिण कोरियामा कार्डियो मेटाबलिक सिन्ड्रोमको मात्रा बढ्दै गएको समेत देखाएको छ भने चाउचाउको सेवनले मोटोपना बढ्दै पनि उनीहरुको निष्कर्ष रहेको छ ।

    शोधकर्ताहरुले कार्डियो भास्कुलरसम्बन्धी रोगको कारण मर्नेको संख्या पनि बढ्दै गएको देखाएका छन् । चाउचाउको सेवनबाट मृत्यु हुनेको संख्या मात्रै होइन, उपचार खर्च पनि बढाएको छ । चाउचाउ खाने मानिसहरुमा उच्च रक्तचापको समस्या बढी हुने पनि शोधकर्ताहरुले जनाएका छन् ।

    ‘चाउचाउको सेवनबाट मधुमेह तथा उच्च रक्तचापका साथै न्यून रक्तचापको समस्या आउने देखिएको छ । चाउचाउमा समावेश गरिएका विभिन्न पदार्थबाट रक्तसञ्चारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको हुन्छ । अध्ययनको प्रतिवेदनका अनुसार चाउचाउको सेवनले बाह्य अंगमा खासै असर पु¥याएको नदेखिए पनि भित्री अंगमा भने ठूलो क्षति पु¥याउने र यसबाट हृदयाघात हुन गई मानिसको ज्यानै समेत जानसक्ने खतरा हुने औँल्याएका छन् । नेपाललगायत विश्वबजारमा बिक्री हुँदै आएको चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा भने अत्यधिकमात्रामा विषादी खाद्यवस्तु प्रयोग गरेको पाइएको छ ।

    तामिलनाडुको खाद्य प्रयोगशालामा गरिएको अनुसन्धानअनुसार वाइवाइ चाउचाउमा सात दशमलव ४३ गुणा बढी लिड ९सिसा० रहेको पाइएको छ । दुई दशमलव पाँच पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादीसरह मानिन्छ । वाइवाइ चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टि सो प्रयोगशालाले गरेको हो ।

    लिडको मात्रा दुई दशमलव पाँच प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मूत्राशयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् ।

    छिमेकी देश भारतमा अहिले वाइवाइ चाउचाउमा एमएसजी र लिड भेटिएसँगै तत्काल बिक्रीवितरणमा रोक लगाए पनि नेपाल सरकारले भने सोबारे कुनै छानबिन समेत गर्नसकेको छैन । नेपाल सरकारको सम्बन्धित निकायले सोबारे अनुसन्धान र अनुगमन नगर्दा गुणस्तरहीन चाउचाउ विना अवरोध बिक्री भइरहेको छ ।

    तर,बजारमा उपलब्ध चाउचाउमा के–के हालिएको हुन्छ रु गुणस्तर कस्तो छ रु र, तयारी चाउचाउ नियमित खाँदा स्वास्थ्यलाई के असर पर्छ रु यी प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न न सरकारले गर्ने आँट देखाएको छ, न खाद्यविज्ञहरुले नै गरेका छन् ।

    खासगरी चाउचाउमा हालिने विभिन्न पदार्थमध्ये ‘मनोसोडियम गुल्टामेट’ ९मासु, च्याउको जस्तो बास्ना र स्वाद बढाउने नुन जस्तो देखिने सेतो पदार्थ जसलाई अजिनोमोटो पनि भनिन्छ० को विषयमा अहिले विश्वव्यापी चर्चा र विवाद बढ्दो रहेको छ ।

    इन्टरनेशनल फुड इन्फरमेसन काउन्सिल फाउन्डेसनका अनुसार एक व्यक्तिले अमेरिका, बेलायत, ताइवान, कोरिया, जापान र इटालीमा क्रमशः शून्य दशमलव ५५, शून्य दशमलव ५५, तीन दशमलव शून्य, दुई दशमलव तीन, एक दशमलव छ र शून्य दशमलव चार ग्राम एमएसजी प्रतिदिन उपभोग गर्छ ।

    तर, सोभन्दा माथि भएमा स्वास्थ्यलाई हानि पु¥याउने काउन्सिलको भनाइ छ । स्वास्थ्य सुरक्षित खानाको वकालत गरिने विकसित राष्ट्रहरुमा एमएसजीको विपक्षमा कैयौँ तर्क, आशंका र प्रमाण प्रस्तुत गरिएका खोजहरु भएका छन् । कतिपय मानिसलाई एमएसजी सह्य नहुने प्रामाणिक पुष्टि भने डा। हो म्यान कोकले सन् १९६९ मै प्रष्ट पारेका थिए ।

    डा. कोकले एमएसजीका कारण पर्ने असरलाई ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ नामकरण गर्दै पुष्टि गरे, ‘एमएसजी हालिएको खाना खाएपछि दाँत–बङ्गारा कस्सिने, घाँटी, छाती र हातहरु चिसा कडा हुने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, निन्याउरो हुने, बेहोस हुने, अनुहार र पेटमा चिटचिट पसिना आउने हुन्छ ।

    तर, उता ‘नो एमएसजी’ नामक संस्थाले एमएसजीविरुद्ध युद्ध छेडेको बताउँदै यो नियमित र बढी खाएमा ३२ किसिमका रोगहरु लाग्ने दाबी गरेको छ । त्यसैगरी संयुक्त राज्य अमेरिकाको ‘द नेसनल इन्स्टिच्युट अफ हेल्थ’ले मनोसोडियम गुल्टामेटको प्रयोगले नशा लाग्ने, उच्च रक्तचाप, हृदयाघात, अल्जाइमर, ब्रेन टयुमर, स्नायुसम्बन्धी दुःखाइ, उत्तेजना र उदासीपनजस्ता रोगका लागि कारक हुनसक्ने कुरा पत्ता लगाएको छ ।

    एमएसजी हालिएको चाउचाउ बच्चाहरुलाई खुवाउनुहुँदैन भनेर अन्तर्राष्ट्रिय खाद्य विशेषज्ञहरुले भन्दै आएका छन्, ‘एमएसजीमिश्रित चाउचाउ खान दिनुहुँदैन । खुवाएमा क्यान्सरजस्तो भयानक रोग लाग्न सक्ने सम्भावना छ ।’

    त्यसैले, खाद्य ऐन २०२३ अन्तर्गत खाद्यवस्तुको गुणस्तर निर्धारणसम्बन्धी २०५७ मा प्रकाशित राजपत्रमा, १२ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि बनाइएको चाउचाउ भएमा एमएसजी अनुपस्थित हुनुपर्ने उल्लेख छ ।

    त्यसमाथि एमएसजी हालिएको चाउचाउको लेबलमा चाहिँ सो पदार्थ हालिएको हुनाले १२ महिनाभन्दा कम उमेरका बच्चाले खानुहुँदैन भनेर लेख्नुपर्ने प्रावधान छ । उपर्युक्त प्रावधानअनुरुप चाउचाउ कम्पनीले सो जानकारी लेबलमा उल्लेख गरेको देखिन्छ तर ती जानकारी उपभोक्ताको नजर नपर्ने गरी अत्यन्तै साना अक्षरमा अंग्रेजीमा लेखिएको पाइन्छ ।न्यूजअभियान डटकमबाट समाचार लिईएको हो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…