•  इटहरी/ इटहरीको क्षेत्रीय रंगशालामा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सोमवार भएको तेस्रो क्वाटर फाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौले सहज जित हासिल गरेको छ । डुक युनाईटेड भुटानलाई शुन्यका बिरुद्ध ५ गोलको अन्तरले हराउँदै विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौ सेमिफाईनलमा प्रवेश गरेको छ । खेल अबधीभर आर्मीले आफ्नो टिमको दवदबा कायम राखेको थियो ।

    खेलको सुरुवात सँगै आक्रमक बनेको आर्मीको लागी पहिलो हाफको २० मिनेटमा पदम तामाङ्कले खाता खोलेका थिए । खेलको सुरुवातमा भुटानले उत्कृष्ट प्रर्दशन गरेको थियो । तर त्यो प्रर्दशन कायम राख्न नसक्दा पहिलो हाफको ४१ औ मिनेटमा पुन आर्मीको पदमले एक गोल थपे । पाहुना टिम भुटानले मैदानमा राम्रो खेल खेल्न नसक्दा दोस्रो हाफको खेल आर्मीको कब्जामा रहेको थियो ।

    निकै राम्रो टिम वाक रहेको आर्मीले दोस्रो हाफको १६ औ मिनेटमा भरत खवासको पासमा दिनेश हेम्जोङले उत्कृष्ट प्रहार गदै आफ्नो टिमलाई थप एक गोलको अग्रता दिलाएका थिए । घरेलु मैदान भएको कारण पनि दर्शकको हुटिगं पाएको आर्मीले निकै नै उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । लगातार एक पक्षिय दवावमा परेको भुटान,आर्मीका खेलाडीले आफ्नो पोष्टमा प्रहार गर्ने मौका समेत दिएनन् । लगातार काउण्टर अट्याक्कमा रहेको आर्मीले दोस्रो हाफको ३० औ मिनेटमा टक वस्नेतले ब्यक्तिगत एक गोल गदै आफ्नो टिमलाई ४–० को अग्रता दिलाए ।

    मैदानमा किनै कमजोर खेल प्रस्तुत गरेको भुटानलाई आर्मीले वारम्वार पोल एटेम गरेका थिए । दोस्रो हाफको ३४ औ मिनेटमा आर्मीका खेलाडी टंक वस्नेतको पासमा दिनेश हेम्जोङले ब्यतिगत दोस्रो गोल गदै आफ्नो टिमलाई ५ –० को अग्रता दिलाएका थिए । आर्मीको गोल वर्षाले अताल्लिएको भुटानले दोस्रो हाफको ३७ औ मिनेटमा गोल किपर चेन्ज गरेका थियो । प्रतिष्प्रर्धा हारे पछि भुटानका टिम कोच चेन्जो दोर्जेले खेलाडीका लागी नयाँ मौदान र मौषमको कारण खेल सोचे जस्तो खेल्न नसकेको वताए । आर्मीको नविन न्यौपानेले भुटानलाई सजिलै जितेको वताए । उनले भने भर्खरै खप्तड खेलेर आएका खेलाडी भएकोले सबै फममा रहेको कारण पनि आर्मीले उत्कृष्ट खेल खेलेको वताए ।

    खेलको म्यान अफ द म्याच आर्मीका पदम तामाङ घोषित भए । उनले नगद १० हजार पाएका थिए । राष्टिय जागृति क्लब इटहरीको आयोजनामा नेपालकै सर्वाधिक राशीको प्रतियोगितामा यसै वर्ष देखि सुरु गरेको हो । विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख पाउँने छन । मगंलवारको अन्तिम क्वाटर फाईनल खेल आयोजक राष्ट्रिय जागृति क्लब इटहरी र गरिफा स्पोर्टिङ क्लब कलकता भारत विच हुने आयोजका सचिव केशव कार्कीले वताए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …