• कोभिड-१९ को प्रभाव : त्रिभुवन विमानस्थल सुनसान (फोटोफिचर)

    चैत्र ६, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण त्रासका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ । सरकारले आइतबारदेखि लागू हुने गरी पर्यटकका लागि दिइँदै आएको अन अराइभल भिसा रद्द गरेसँगै त्रिभुवन विमानस्थल सुनसान बनेको हो ।

    बुधवार सरकारले फेरि १८ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । जसमा युरोपका सबै मुलुकहरू, खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान लगायत सबै देशबाट आउने यात्रुलाई मार्च २० देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका लागि आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    त्यस्तै, विदेशमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ। एनआरएनहरूलाई नेपाल प्रवेशमा दिँदै आएको सुविधासमेत रोक लगाइएको छ ।

    विदेशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने, विदेशमा रहेका गैर आवासीय नेपालीहरूले नेपाल भ्रमण गर्नुपर्ने भएका सम्बन्धित मुलुकमा रहेको कूटनीतिक मिसनमा सम्पर्क गर्ने र नेपाल पुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनुपर्नेछ।

    १४ मार्चपछि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकले सेल्फ-क्‍वारेन्टाइनमा बस्नुपर्नेछ। गैर आवासीय नेपाली नागरिकसहितका नेपालीहरूले भने १४ दिनसम्मको होम(क्वारेन्टाइनमा बस्नुपर्ने जस्ता निर्णय नेपाल सरकारले गरेको थियो ।

    नेपालका लागि पूर्व निर्धारित रूपमा टिकट लिएकाहरूले पनि यात्रा रद्द गरेका कारण विमानस्थल सुनसान देखिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…