• कोरोना त्रासः बाई बाई काठमाडौं [तस्बिरहरु]
    चैत्र ६, २०७६

    तस्बिर : अंगद ढकाल (कान्तिपुरबाट )

    काठमाडौँ — महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढेको छ । उपत्यकाबाट अधिकांश बालबालिका, महिला तथा वृद्धहरु कोरोनाको त्रासले गाउँ फर्कन थालेका हुन् । फर्कने अधिकांशले मास्क लगाएका छन् ।

     

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अन्य दिनको भन्दा बिहीबार उपत्यकाबाट घर जाने यात्रुको संख्यामा एक्कासी वृद्धि भएको हो । उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी ,जगाती, दक्षिणकाली हुँदै बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ ।

    बिहीबार गंगबुस्थित नयाँ बसपार्कमा सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले यस्तो भीड दसैंमा मात्र हुने गरेको बताए । उनले भने,'विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रास र वार्षिक परीक्षा सकिएकाले बिदा मनाउन जाने यात्रुले गर्दा बाहिरिनेको संख्या बढेको हो । '

    कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले स्कुल, कलेज, विश्वविद्यालय, सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्‍जनस्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…