• मुम्बई, ७ चैत । बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को सं’क्रमण भएको पुष्टि भएको छ । १५ मार्चमा लण्डनबाट लखनऊ आएकी कनिका एयरपोर्टमा उनी ग्राउण्ड स्टाफको मिलेमत्तोमा वासरुमबाट लुकेर निस्किएकी थिइन् ।

    गायिका कनिकाले गत आइतबार मात्रै लखनऊको गैलेंटमा एक पार्टी अर्गनाइज गरेकी थिइन्, जहाँ लखनऊका ठूला ठूला अफिसरहरु पनि सामेल भएका थिए ।

    गायिका कनिकालाई कोरोना सं’क्रमण भएको थाहा पाएपछि पूरै अपार्टमेन्टमा हंगामा भएको छ । शालिमार गैलेंटमा बस्दै आएका सम्पूर्ण मानिसहरु आफ्नो अपार्टमेन्ट छोडेर अन्यत्रै सिफ्ट भइरहेका छन् ।

    गायिका कनिकाको पूरै परिवार नै उक्त विल्डिङमा बस्दै आएका छन् । जानकारी अनुसार कनिकाको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

    हेल्थ डिपार्टमेन्टले गायिका कनिकाको सम्पर्कमा रहेका सबैलाई फोन गरेर सेल्फ आइसोलेट गर्नका लागि आग्रह गरिएको छ । अहिलेसम्म गायिका कनिकालाई बाहेक अन्य कसैलाई पनि कोरोनाको सं’क्रमण भने भेटिएको छैन ।

    गायिका कनिकाले बेबी डाँल, जुगनी, चिट्टिया कलैयाँ, देशी लुकलगायतका कयौं चर्चित गीतहरु गाइसकेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…