• काठमाडौं,७ चैत । कोरोना भाइरस ‘कोभिन–१९’ को उच्च जोखिममा नेपाल समेत रहेकोले नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान गरेको छ । कोरोना भाइरसका समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघले विशेष आग्रह गरेको छ।

    पत्रकार संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्यतथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं र सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गर्न उल्लेख गरिएको छ ।

    भाइरसका बारेमा प्रशस्त चर्चा गरौं, सूचना लिउँ र दिउँ । भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं । तर, कसैलाई पनि भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं । कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं ।

    तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई अपराधिकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । हामीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छौं भन्ने कुराको ख्याल गरौं महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…