सर्तक रहन आग्रह मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना ( तीन दिनको मौसम पूर्वानुमान यस्तो )
काठमाडौं । पश्चिमि वायूको आंशिक प्रभावका कारण आज देशभरको मौसममा बदली हुने देखिएको छ । स्थानिय वायुको प्रभावले शनिबार देशको पश्चिमि भू–भाग लगायत उच्च पहाडी भु–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीसहित देशको पूर्वी र मध्य भू–भागका १र२ स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । आज पहाडी भू–भाग र तराईका केहि स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको समेत महाशाखाद्वारा जारी सुचनामा उल्लेख छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो
चैत्र ०८ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ | पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०९ गते (आईतबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमकि पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा र पश्चिमी १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र १० गते (सोमबार)
दिउँसोः देशभर आंशिक बदली रहनेछ । पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।