चैत ८, २०७६
काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी पत्ता लागेको भनेर फेसबूकमा अडियो सन्देश प्रवाह भएर भ्रम सिर्जना भएपछि अस्पतालले कुनै बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कुनै पनि बिरामी पत्ता नलागेको स्पष्ट पारेको छ ।
अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘शनिवार बिहानदेखि नै फेसबूक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए भन्ने शाब्दिक एवं भाषिक भ्रामक र झूटा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेसनल हस्पिटल परिवार आश्चर्य–चकित भएको छ ।’
अस्पतालले भ्रम फैलाउनु सामाजिक अपराध भएको बताउँदै कडा कारवाहीको माग समेत गरेको छ ।
यस्तो छ विज्ञप्ति –