•  

    ०८ चैत २०७६ 

     

     

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन बन्द गर्न निर्देशन दिएका छन्। सार्वजनिक सवारीसाधनमा कोरोना संक्रमणको जोखिम हुने भन्दै लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय सरकारले लिएको हो।

    लामो दूरीका सवारीसाधनलाई रोक लागाए पनि सरकारले कति दूरीलाई लामो दूरी मान्ने भन्ने प्रष्ट पारेको छैन। यसले यातायात व्यवसायी र आम सर्वसाधारणमा अन्योल सिर्जना भएको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा २५० किमी वा सो भन्दा बढीलाई लामो दूरी भनिएको छ। एक सहरबाट अर्को सहरको यात्रा नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीको सम्बोधन आएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालको भनाइ छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले लामो दूरी भनेर २५० किलोमिटर वा सो भन्दा बढीलाई भनेको छ। मध्यम दूरी एक सय किलोमिटरलाई मानेको छ भने छोटो दूरी भनेर २५ देखि एक सय किलोमिटरसम्मलाई भनेको छ। ऐनमा स्थानीय बाटो भनेर २५ किलोमिटरभन्दा कम दूरीलाई सम्झनुपर्ने उल्लेख गरिएको छ।VIO: http://annapurnapost.com

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…