• चैत ८, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्वर १ मा एटिम सेवा संचालन गर्ने ६ वटा बैकहरु रहेपनि कुनै पनि शाखामा सेनिटाइजर र टिस्यु पेपर भेटिएको छैन ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य सेवा बन्द भएपनि बैंकिङ्ग सेवा बन्द नहुने सरकारले शुक्रवार घोषण गरेको छ ।

    तर तिनै बैंकका एटिम मेसिनहरुमा भने कोरोना संक्रमण बाट बचाउन प्रयोग गरिने सेनिटाइजर र टिसु पेपर भने देखिदैन ।
    संक्रमणको बेला सर्वसाधरणलाई आर्थिक संकट नपरोस भनेर नै नेपाल सरकारले बैंकिङ्ग सेवा बन्द नगर्ने घोषणा गरेको भएपनि एटिएमको प्रयोग बाट संक्रमण फैलन सक्ने भन्दै त्यसप्रति सम्वधित निकाएको ध्यान जान नसकेको सर्वसाधरणको भनाई रहेको छ ।

     

    नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल राष्ट्रिय वाणिज्य बैक सहित पथरीमा एटिएम संचालन गर्ने एनआइसी एसीया, सिद्धार्थ बैक, एनएमबी बैक, कामना सेवा विकाश बैक, ज्योति बिकाश बैक भएपनि तिनिहरुको एटिएम मेसिनमा भने सेनिटाइजर र टिस्यु पेपर छैन ।
    एटिम सेवा प्रयोग कर्ताहरुले एटिमको ढोका खुल्दा मेसिनको प्रयोग गर्दा खुल्ला हातको प्रयोग गर्ने भएको हुँदा संक्रमित व्याक्तिले सो कुराको प्रयोग गरेको खण्डमा स्वस्थ्य व्याक्तिलाई सर्ने सक्ने सम्भावना उच्च रहेको भएपनि बैकहरुले त्यस प्रति ध्यान नदिएको भेटिएको छ ।

     

    नेपाल राजपत्रको १५ नम्बरमा बैंकिङ सेवा र १६ नम्बरमा बीमा सेवालाई अत्यावश्यक सेवामा राखिएको छ ।
    साथै सरकारले चैत ९ गतेदेखि चैत २१ गतेसम्मका लागि नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…