• चैत ८,पथरी ।
    पथरीशनिश्चरे नगरपालिका वडा नं १ को कार्यालयले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइसरको संक्रमण रोकथामका लागि भन्दै अनिश्चित कालका लागि बजार बन्द गरेको छ ।
    वडा नम्वर १ को ब्याबस्थापन समितीको शनिवार बसेको बैठकले महामारीको रूपमा फैलिएको कोरोना भाइसर मानिसको भिडभाडले छिटो फैलिनसक्ने भन्दै सातामा आईतवार र विहिवार लाग्दै आएको बजार बन्द गराउने जनाएको छ ।
    जनताको स्वास्थ्यलाई मध्यनजर राखी चैत्र ९ गते देखी आईतबार देखि अर्को सुचना नआउन्जेल सम्म साप्ताहिक लाग्ने पथरी बजार बन्द रहने गरिको निर्णय गरिएको वडा अध्यक्ष बाबुराम एङदेनले बताए ।
    साथै वडाले अत्याश्यकिय काम विना मानिसहरूलाई भिडिभाड नबढाईदिन समेत अनुरोध गरेको छ ।
    यस्तै नगरपालिकाको वडा नम्वर १ मा एटिम सेवा संचालन गर्ने ६ वटा बैकहरु रहेपनि कुनै पनि शाखामा सेनिटाइजर र टिस्यु पेपर भेटिएको छैन ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य सेवा बन्द भएपनि बैंकिङ्ग सेवा बन्द नहुने सरकारले शुक्रवार घोषण गरेको छ ।
    तर तिनै बैंकका एटिम मेसिनहरुमा भने कोरोना संक्रमण बाट बचाउन प्रयोग गरिने सेनिटाइजर र टिसु पेपर भने देखिदैन ।
    संक्रमणको बेला सर्वसाधरणलाई आर्थिक संकट नपरोस भनेर नै नेपाल सरकारले बैंकिङ्ग सेवा बन्द नगर्ने घोषणा गरेको भएपनि एटिएमको प्रयोग बाट संक्रमण फैलन सक्ने भन्दै त्यसप्रति सम्वधित निकाएको ध्यान जान नसकेको सर्वसाधरणको भनाई रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…