• एजेन्सी, ८ चैत । चीनको वुहानबाट सुरु भएर विश्वभर आ’तंक मच्चाएको कोरोना भाइरसका सं’क्रमित र मृ’तकको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसका कारण विश्वभरका सं’क्रमित र मृ’तकको तथ्यांक राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख ७५ हजारभन्दा धेरै सं’क्रमित छन् भने यसबाट ११ हजार भन्दा धेरैको ज्या’न गइसकेको छ ।

    उक्त विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरसको सबैभन्दा ठूलो असर इटालीमा परेको छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण ४ हजार ३२ जनाको मृ’त्यु भइसकेको छ । इटालीमा सं’क्रमितहरुको संख्या पनि दिनानुदिन बढ्दो छ ।

    इटालीमा बुधबारसम्म दैनिक ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा सं’क्रमण देखिँदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ सं’क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मानिसहरुको बसोबास रहेको हरेक महादेशमा कोरोना भाइरस फैलिसकेको छ । मानव वस्ती नभएका कारण अन्टार्कटिकामा कोरोना भाइरस पुग्ने कुरै भएन । तर, त्यस्ता केही भाग्यमानी मुलुकहरु पनि छन्, जहाँ हालसम्म कोरोना भाइरसका सं’क्रमित पुष्टि भइसकेका छैनन् । हालसम्म कोरोना भाइरस नपुगेका मुलुकहरुको संख्या २८ छ ।

    एसियाका उत्तर कोरिया, सिरिया, यमन, तुर्कमेनिस्तान, पूर्वी टिमोर, लाओस, म्यान्मार र ताजिकिस्तान गरी ८ मुलुकहरुमा अझै कोरोना भाइरसको संक्रमित पुष्टि भइसकेका छैनन् । त्यस्तै, अफ्रिकाका ११ मुलुकमा अझैसम्म कोरोना भाइरसका संक्रमित देखिएका छैनन् । कोरोना भाइरस नदेखिएका अफ्रिकी मुलुकहरुमा बोत्स्वाना, बुरुण्डी, युगाण्डा, कोमोरोस, इरेट्रिया, लेसोथो, लिबिया, मलावी, माली, मोजाम्बिक र सिएरा लियोन छन् ।

    युरोप महादेशका भने सबै मुलुकहरुमा कोरोना भाइरसका सं’क्रमित पुष्टि भइसकेका छन् । अर्कोतर्फ अस्टे«लिया र प्रशान्त क्षेत्रका ८ मुलुकहरु पनि कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन् । किरिबाटी, मार्शल टापु, माइक्रोनेशिया, पलाउ, सामोआ, टोंगा, टुभालू, भानुआतूमा हालसम्म कोरोना भाइरसका सं’क्रमित पुष्टि भइसकेका छैनन् ।

    कोरोना भाइरस नपुगेका देशहरु कुन-कुन हुन् ? जान्नुहोस्–

    एसिया

    उत्तर कोरिया

    सिरिया

    यमन

    तुर्कमेनिस्तान

    पूर्वी टिमोर

    लाओस

    म्यान्मार

    ताजिकिस्तान

    अफ्रिका

    बोत्स्वाना

    बुरुण्डी

    युगाण्डा

    कोमोरोस

    इरेट्रिया

    लेसोथो

    लिबिया

    मलावी

    माली

    मोजाम्बिक

    सिएरा लियोन

    प्रशान्त क्षेत्र

    किरिबाटी

    मार्शल टापु

    माइक्रोनेशिया

    पलाउ

    सामोआ

    टोंगा

    टुभालू

    भानुआतू

    अमेरिकी महादेश

    डोमिनिका

    बेलिज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…