• काठमाडौं, ८ चैत । कोरोना भाइरसकका कारण लन्डनमा एक नेपालीको मृ’त्यू भएको छ । बेलायतमा एक पूर्व गोरखा सैनिक रहेका नेपालमा संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल साउथ ह्यारोमा बस्दै आएका लिलाबहादुर राईको कोरोनाका कारण नि’धन भएको हो ।

    ६६वर्षीय राईको गएको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले आज बताएको छ ।

    स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृ’त घोषणा गरेका थिए ।

    पछी नि’धनको तीनदिनमा अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको नि’धन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो । राई सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका थिए र उनि सन् २००८ मा बेलायत गएका थिए ।

    सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ । उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।

    अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेटगरी सान्त्वना दिन पाएका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…