• जनकपुरधाम, ८ चैत । कोभिड—१९ को जोखिम आउन नदिन जनकपुरधाममा धार्मिक अनुष्ठान शुरु गरिएको छ । जनकपुरधामको राममन्दिरमा महामृत्युञ्जय जाप शुरु गरिएको राममन्दिरका महन्थ राम गिरीले जानकारी गराउनुभयो । हिन्दुको धार्मिकग्रन्थ शिवपुराण र अन्य धार्मिक ग्रन्थमा पनि ग्रहदशाका साथै रोगबाट मुक्तिका लागि नियम निष्ठापूर्वक महामृत्युञ्जय मन्त्रको जाप गरेको अवस्थामा मानव विभिन्न समस्याबाट मुक्त हुने उल्लेख गरिएको छ ।

     

    सो भाइरसको जोखिम बच्न धार्मिकस्तरबाट महामृत्युञ्जय जाप आयोजन गरिएको राममन्दिरका महन्थ गिरी भन्नुहुन्छ, “अराध्यदेव महादेवको आराधना गरी कोरोना भाइरसबाट जीवन र मृत्युबीच सङ्घर्षरत रहेका व्यक्तिहरु तत्काल निको होस् भनि जापको माध्यमबाट कामना गरिएको हो ।” ६ जना पण्डितबाट सो मन्त्रको जप पाँच दिनमा सम्पन्न हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…