• ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले केही समयका लागि दर्शनका लागि नजान अनुरोध गरेको हो ।

     

    कारोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लागेपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संवर्द्धन समितिको संयुक्त आकस्मिक बैठक बसेको थियो। अहिले पूरै बन्द नगरिएको तर सोमबारसम्म पनि दर्शनार्थीकाे 'फ्लो' नघटे बन्दै गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

     

    शनिबार १ हजार ६ सय तीर्थयात्री ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका थिए। नेपालको विभिन्न भूभागसहित भारतको सिक्किम, दार्जिलिङ, विहारसम्मका नागरिकले पाथीभराको दर्शन गरेका हुन्। सरकारले सकेसम्म घरमै बस्न र अत्यावश्यक काम वाहेक हिडडुल नगर्न आग्रह गरिरहेका बेला पाथीभरामा भने तीर्थयात्रीको भीड लागेको छ।

     

    फुङलिङ बजार, सुकेटार काफ्लेपाटी र फेदीमा बास बसेका तीर्थयात्री पाथीभरा पुगेका हुन्। शनिबार २५/२५ जनाका दरले समूह बनाएर पूजा गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए। भारतबाट झापा, इलाम, पाँचथर हुँदै पाथीभरा पुग्नुपर्छ। काकडभिट्टा र पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरी पाथीभरा आएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…