• धनकुटा, ८ माघ : धनकुटामा जारी अनिश्चतकालिन आमहड्ताल स्थागित भएको छ । प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा तोकिनु पर्ने माग राख्दै गरिएको जारी आमहड्ताल १५ गते सम्मका लागि स्थगित गरिएको हो । सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई तोके पछि धनकुटामा आन्दोलन चर्किएको थियो । सरकारी कार्यालय र सवारी साधानमा आगजनी भएपछि स्थानीय प्रशासनले माघ ४ गते विहीबार देखि निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।

    आन्दोलनकारीको विरोधका कार्यक्रम केही शान्त बन्दै गएकाले स्थानीय प्रशासनले सोमबार अपराहन्न ३ बजे देखि बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएसँगै आमहड्ताल फिर्ता लिने निर्णय गरिएको आन्दोलन परिचालन समितिका सदस्य–सचिव जयन्द्र प्रधानले बताए ।

     

    सोमबार दिउसो वसेको आन्दोलन परिचालन समितिको वैठकले आमहडताललाई एक हप्ता स्थगित गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको उनले बताए ।

    मन्त्रीपरिषद्को वैठकले प्रदेश नं. १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले चरणवद्ध रुपमा आन्दोलनलाई चर्काउँदै आमहडताल गरेका थिए । बैठकले मंगलबारबाट १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम गर्ने तथा ७ दिन सम्म एक घण्टे चक्काजाम जारी रहने निर्णय गरेको छ ।

    आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिन भित्र वार्ता बोलाएर माग संबोधन गर्न अल्टिमेटम समेत दिएको छ । एक हप्ता अवधिमा पनि वार्ता नबोलाए १५ गतेबाट पुनः अनिश्चितकालिन् आमहडताल आव्हान गरिने आन्दोलन परिचालन समितिले निर्णय गरेको बताइएको छ । त्यस्तै स्थानीय प्रशासनले सोमवार दिउँसो देखि निषेधाज्ञा हटाएसँगै धनकुटावासीले वेलुका जुलुस गरेका थिए । स्थानीय प्रशासनको ‘निषेधाज्ञा’ र आन्दोलनकारीको ‘आमहडताल’ले धनकुटा बजार, यातायात, वित्तिय संस्था, शैक्षिक संस्था ठप्प भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…