•  

    काठमाडौं। वुद्ध एयरले हवाई उडानको भाडा कटौती गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले ७ वटा गन्तव्यको भाडा घटाएको जनाएको हो।

    सरकारले कोरोना भाइरस संक्रमणमा सचेतना अपनाउन लामो दूरीको यातायात सेवा केही दिनका लागि बन्द गरेपछि यात्रुलाई सुविधा दिन भाडा घटाएको वुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।

    विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले लामो दूरीको बस सञ्चालनलाई केही दिनको लागि रोक्न भनेको छ। यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको लागि पहिलो साधान बन्न पुगेको छ। यस विषम परिस्थितिमा नेपाली यात्रुहरूलाई थप सजिलो र राहतका लागि भाडादर घटाइएको छ।'

    अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दा पनि नेपालमा भने नघटाइदा हवाई उडानको भाडा महङ्गो भएको वुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ। यस्तो छ भाडादरः

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…