•  

    आइत, चैत्र ९, २०७६
    काठमाडौँ

    प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता बनाई देशभरका आम सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । काउन्सिलले आधुनिक अभिलेख राखी पछिल्लो समयमा छापा र विद्युतीय अनुगमन शाखामार्फत् उक्त कार्यलाई प्रभावकारी बनाएको छ ।

    यसैबीच नोवेल कोरोना भाइरस (COVID-19)का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौँमा यसको सङ्क्रमण देखिएको र अर्बाैँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै भएको उल्लेख गर्दै यस्तो गम्भीर अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेकोमा ध्यानआर्कषण भएको हो ।

    गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेको देखिएकोमा प्रेस काउन्सिल नेपालले यस प्रकारका गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिएको हो ।

    साथै, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ ,विज्ञप्तीमा भनिएको छ ।

    काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजुरी सुन्ने ब्यवस्था गरेको छ । अतः कहीँ कतैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिल आम नागरिकमा अनुरोध समेत गरेको छ । ।

    यसैबीच आज बसेको प्रेस काउन्सिल नेपाल बोर्ड र सचिवालयको संयुक्त बैठकले नेपाललगायत विश्वमै सिर्जित यस जटिल परिस्थितिमा तत्कालका लागि काउन्सिलका निम्न सेवा स्थगनको निर्णय गरेको विषय यसै सूचनामार्फत जानकारी गराइन्छ :-

    १) सूचीकरणका लागि निवेदन फाराम लिने कार्य

    २) पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण कार्य

    ३) मिडियाको काम, कर्तव्य र अधिकारवारे सबैलाई जानकारी नै छ, तैपनि बेलाबखत हुन जाने मानवीय त्रुटिप्रति सचेत होऔ, जनस्वास्थ्यसम्बन्धी भ्रम, उत्तेजना फैलने सामग्री जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण हुन गएको पाइएमा प्रेस काउन्सिल नेपाललाई तुरुन्तै जानकारी दिएर सहयोग गरौं ! कोरोना भाइरससम्बन्धी समाचारलगायत कुनै विषयमा तत्काल जानकारी लिन÷दिन एवं मिडियासम्बन्धी अन्य उजुरीका सम्पर्क गर्नसक्नु हुनेछ :

    ४) साथै कुनै आमसञ्चारमाध्यमबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा http://complain.presscouncilnepal.org मार्फत वा [email protected] मा उजुरी गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…