•  

    प्रबेश बिष्ट, इटहरा ।

    युवा समाजसेवी कृष्ण कुमार कार्कीको आर्थिक सहयोगमा कोरोना भाइरस ( कोभिड १९ ) को सम्भावित रोकथाम र नियन्त्रणका लागि गरिब तथा विपन्न वर्गका परिवारलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेको बेला सुनबर्षी नगरपालिकामा पनि यसको त्रास देखिएपछि हिपमत मिडियाले समाजसेवी कार्कीसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको हो ।

    कार्की लामो समयदेखि समाज सेवामा लागि रहनु भएको छ । मोरङको रतुवामाई ९ निवासी कार्की हाल जापानमा हुनुहुन्छ । कुनै पनि राजनितिक आस्था नराख्ने कार्की भन्नुहुन्छ,“ जनतालाई दुख्दा मन रुन्छ । ” हामीसँगको कुराकानीमा कार्कीले मै खाउँ मै लाउँ भन्ने कुराको अन्तय गरी यस्तो अप्ठ्यारो परिस्थितिमा सबै राजनितिक दलहरुको सक्रियता हुनुपर्ने बताउँनुभयो ।

    आइतबार सुनबर्षी नगरपालिका कै वडा नम्बर २ र पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ५ मा मिडिया हाउसले एक हजार मास्क र सेनिटाइजर निशुल्क वितरण गरेको हो ।

    हिपमत मिडिया हाउसका अध्यक्ष विरेन्द्र कुमार शाहसहित सुनबर्षी (३ का वडा अध्यक्ष टेकबहादुर बिष्ट, अमरदह प्रहरी चौकिका प्रमुख नारायण कुमार बस्ने, स्वास्थ्य चौकी अमरदहका प्रमुख पठरुलाल राजवंशी, समाजसेवी गणेश श्रेष्ठ, यादव बस्नेत, चन्द्र राजवंशी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी राजवंशीले कोरोना भाइरसबाट बच्ने उपाय र यसका लक्षणहरुका बारेमा जानकार गराउनुभयो ।

    मिडिया हाउसले आइतबार एक कार्यक्रम आयोजना गरी मास्क र सेनिटाइजर वितरण गर्न सुरु गरेको हो ।

    कोरोना संक्रमण र यसको रोकथाम गर्ने उद्देश्यले मिडिया हाउसले अत्यावश्यक सेवाबाहेक सर्वसाधरणहरुको भिड नगर्न आग्रह गरेको अध्यक्ष शाहले जानकारी दिनुभयो । साबुन पानी र सेनिटाइजरले नियमित रुपमा हात धुन र निरन्तर रुपमा मास्कको प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको पनि शाहले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…