चैत १०, पथरी ।
आईतवार मोरङको बेलवारी नगरापालिकाको भाउन्नेमा भेटिएका एक चिनियाँ नगरिकलाई बी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ ।
आईतवार मोरङको भाउन्नेमा साथी भेटन आएका एक चिनियाँ नागरिकलाई स्थानियबासीले भेटेपछि प्रहरीलाई खबर गरि नियन्त्रणमा लिएर धरान पठाएको बेलवारीका पत्रकार उत्तम पोख्रेलले जानकारी दिए ।
ति चिनियाँ नागरिक वीपी प्रतिष्ठानबाट भागे पछि प्रहरीले सोमवार विहान पुन नियन्त्रणमा लिई प्रतिष्ठानमा भर्ना गरेको छ ।
ति चिनिया नागरिक २ साता अघि नेपाल आएको बुझिएको छ । विपीको कोरोना रोकथाम हेल्प डेक्सका डा. विजय खनालले दिएको जानकारी अनुसार कोरोनाको परीक्षणका लागि उनको थ्रोट स्वाब लिएर काठमाण्डौको टेकु अस्पताल पठाउने तयारी भएको जानकारी दिए ।
सो रिर्पोट नआउनजेल सम्मका लागि उनलाई निगरानीमा राखीने समेत डा. खनालले जनाकरी दिए । हाल भने उनको अन्य स्वाथ्य अवस्था सामान्य नै रहेको डाक्टरको भनाई रहेको छ ।
ती युवासँग मेडिकल रिपोर्ट पनि छ । तर त्यो रिपोर्ट चिनियाँ भाषामा भएकोले नबुझेर उनलाई नियन्त्रणमा जनाइएको छ ।
प्रतिष्ठानले उनललाई मोरङको टाडीमा नेपाली सेनाले बताएको क्वारेनटाईनमा राख्न रेफर गर्ने तयारी गरेको सो क्वारेनटाईन संचालनमा नआईसकेका कारण पठान नसकिएको अस्पताल स्रोतले जनाएको छ ।