चैत १०, पथरी ।
प्रदेश नम्वर १ को राजधानी विराटनगर, यहि चैत ११ गते बाट लक डाउन हुने भएको छ ।
सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका लक डाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकाका मेयर भिम पराजुलिले बताउनु भयो
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको छ ।
पराजुलीले भविश्यमा माहामारीको अवस्था नआवस् भनेर लक डाउन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले माहानगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको बताउनु भयो । माहानगरपालिकाको निर्णयलाई कार्यान्वयन गरेर सहयोग पु¥याउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।