• उपचारपछि विश्वर ९८ हजार ८५४ जना निको, २४ घण्टामा कहाँ कतिको गयो ज्यान ?

     

    काठमाडौं, १० चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभि–१९) भाइरसको संक्रमण विश्वका सबजसो देशमा पुगिसकेको छ ।छन् ।

    कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म जोगिएको देशको संख्या अब दुई वटा मात्र बाँकी रहेको छ । संयुक्त राष्टसंघमा सूचीकृत १९५ देशमध्ये आज (सोमबार) विहानसम्म १९३ देशमा कोरोनाको संक्रमण देखिएको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देशसहित विश्वमा २३० देशहरु रहेका छन् ।

    हालसम्म कोरोना भाइरस नदेखिएको देश उत्तर काेरिया, तुर्कमेनीस्तान बनेका छन् । तर यी देश पनि उच्च जोखिममा छन् । कोरोनाको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको छ । १९३ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक हजार ५९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको हो ।

    इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या पाँच हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना संक्रमित छन् ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४१५ पुगेको छ । अमेरिकामा संक्रमित हुनेमध्ये दुई जना नेपाली पनि छन् । संसारभर अहिलेसम्म तीन लाख ३७ हजार ५५६ जना संक्रमित भएकामा ९८ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

    कोरोनाको संक्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

    अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताएको बीबीसीले जनाएको छ ।

    कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पूजास्थललगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

    काेराेना संक्रमण भएकाे देशकाे सुची




    अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण
    अमेरिकाको न्यूयोर्क राज्य बस्दै आएका दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ ।

    पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए । पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई शुरुमा उच्च ज्वरो आएपछि अस्पताल र्पुयाइएको थियो । चिकित्सकको सल्लाह बमोजिम चार दिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ ।

    उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ । उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ ।

    यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल र्पुयाइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ ।

    अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो । परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ । परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…