• काठमाडौं । चैत १० गते रोग , व्याद , भुत , पिसाच र मानिसमा हुने अदृश्य संक्रमण रोकथाम एवं निर्मुल पार्ने दिन भएकाले आफ्नो घरमा भएका ध्वनि उत्पन्न हुने साधन बजाउने चलन छ।

     

    आफ्नो संस्कृति अनुसार शंख बजाउँदा सुक्ष्म जिवाणु र किटाणु नष्ट हुने मान्यता रहेकाले भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ५ मा‌ शंख बजाइयो। साथै सरकारले गरेको निर्णय अनुरुप लकडाउनलाई स्वागत गर्दै कोरोनाको त्रास फैलिएको अवस्थामा सतर्क रहन आहवान गर्दै नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा सभापति राजु ढुंगेल एवम् तरुण दलका युवा नेता सुघोष ढुंगेलको आपिलमा सम्पूर्ण कटुन्जे वासीले आआफ्नो घरको छतबाट शंख बजाएका छन्। जमीनमुनि गाभिएर बसेका भैरव- सुशील भैरवले रक्षा गर्छन् भन्ने जनविशवास रहेकोले भैरव को समेत आराधना गरेका छन्। कटुञ्जेलाई कोरोनाको संक्रमणबाट जोगाउन लकडाउनको समर्थन गर्दै आफू सतर्क रहन आहवान गर्दै शंख बजाइएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…