• काठमाडौं । सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो।

    यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन्।

    सरकारले आज बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरे संगै काठमाडौं लगाएत देशैभरीको आवतजावत पुर्ण रुपमा ठप्प भएको छ ।

    मुलुकको राजधानी काठमाडौं अहिले सुनसान बनेको छ । घर बाहिर मान्छेहरु निस्केका छैनन् ।



    सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर निस्किन मिल्दैन भनेर भनिसकेको छ।देशैभरी सार्वजनिक यातायातका गाडी पुर्णरुपमा बन्द छन् ।

    सवारी साधानहरू तथा मानिसहरुको भिडभाड्, ट्राफिक जाम, कोलाहाल काठमाडौँको शहरको अर्को परिचय हो भन्दा फरक पर्दैन।

    तर आज अत्यावश्यक बाहेकका यातायातका गाडी पुर्णरुपमा बन्द छन् सडकमा एम्बुलेन्स,पानी बोक्ने गाडी र तरकारी बोक्ने गाडी मात्र देखिएका छन् ।

    चोकचोक मा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो।



    सोमबार एक युवतीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएपछि सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो।

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो।

    सरकारको निर्णय अनुसार नेपाल प्रहरी लगायतका सुरक्षा निकाय लकडाउन कार्यनयनका लागि खटिएकाछन् ।

    कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको हो ।


    सडकमा कुकुरहरु

    सरकारको निर्देशनमा गृह मन्त्रालय अन्तरगतका सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगायत अन्य बिधि अपनाउने गरिन्छ ।

    त्यसै अनुरुप आज लकडाउन गरिएको हो । लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ ।

    कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सीडीओले लगाउन सक्छ ।

    लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।

    तस्विर : न्यूज अभियान डट कमले राजधानी काठमाडौं अर्थात मुलुकको मुख्य केन्द्र सिंहदरबार र रत्नपार्क लगायत स्थानका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…