• कुमार खड्का 

    चैत ११, पथरी । 
    फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा कतार बाट काठमाडौं आएका पथरी शनिश्चरेका एक व्याक्तिलाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा भर्ना गरिएको ।
    चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत ति युवती सगै उनी कतार बाट नेपाल ओर्लिएका थिए ।
    कतारमा बाहिर निस्केका बेला कतार प्रहरीले आफुलाई पक्रेर नेपाल पठाईदिएको धिमालले बताए ।
    त्यसको ८ दिन पछाडी उनि मंगलवार वडा अध्यक्ष जय बहादुर तामाङको सम्पर्कमा आएका हुन । उनलाई मंगलवारनै टाडीको क्वारेनटाईन पठाईएको भर्ना गरिएको छ ।
    सम्पर्क आएका व्यक्ति मोरङ पथरी शनिश्चरे नगरापालिका वडा नम्वर ६ भातेगौडाका वर्ष ५० का धिमाल थरका हुन । मंगलवार सम्पर्कमा आएपछि धिमाललाई क्वारेनटाईन पठाईएको वडाध्यक्ष जय बहादुर तामाङले बताए ।
    पारिवारीक स्रोतका अनुसार अहिले सम्म उनमा त्यस्तो कुनै स्वास्थ्य समस्या नआएको बताइएको छ ।
    अहिले उनलाई मात्र क्वारेनटाईन लगिएको छ भने अन्य परिवारका सदस्यलाई घरमै सुरक्षित रहन आग्रह गरिएको छ ।
    चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो । उनि सगै यात्रा गरेका १२५ यात्रुहरुको पहिचान भईसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…