•  

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कोभिड–१९ सङ्क्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गर्नुभएको छ ।
    नेपाल सरकारको उक्त निर्णय समयसापेक्ष भएको उल्लेख गरेको छ । उर्लाबारी नगरपालिकाका सम्पूर्ण नगरवासीलाई यस विषम परिस्थितिमा धैर्य गर्दै कोभिड–१९ विरुद्धको महाअभियान सफल पार्न र यसबाट विजय हासिल गर्न घरमै बसेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु उहाँले भन्नुभयो, आफ्नो स्वास्थ्यको लागि सचेत हुन आवश्यक छ , ”


    सरकारको निर्देशनको वेवास्ता गरी घरबाहिर जाने, समूहमा जम्मा भइ गफ गर्ने जस्ता लापरवाही नगर्न उहाँको सबैमा अनुरोध छ । विदेशबाट आएका व्यक्ति टोल छरछिमेकमा भएमा स्थानीय निकाय, जनप्रतिनिधि वा सुरक्षा निकायलाई खबर गरिदिन पनि उहाँले आग्रह गर्नुभयो । विश्वका केही मुलुकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिएको स्मरण गर्दै संयमता अपनाउनु पर्छ,
    उहाँले भन्नुभयो, कोरोनाका बारेमा आधिकारिक संस्था नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनका सूचनामा मात्रै विश्वास गर्न होला ।

    उर्लाबारी बजार् यतिवेला सुनसान छ भने कालोजारी बढेको बताईन्छ ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…