चैत १२, पथरी ।
स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यी मध्ये एकजना उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गरेका छन् ।
अहिले मन्त्रालयमा त्यसबारे बैठक बसिरहेको उनले जानकारी दिए । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना गरी उपचार जारी छ ।
‘भर्खरै तेस्रो संक्रमित व्यक्ति भेटिएको जानकारी आएको छ । रोगीको बारेमा विस्तृत जानकारी प्राप्त भइसकेको छैन, सरुवा रोग तथा इपिडिमियोलोजीका प्रमुख डा. बासुदेव पाण्डेले भने, ‘ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।’