कुमार खड्का
चैत १२, पथरी ।
फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा कतार बाट काठमाडौं हुदै पथरी आएका एक व्याक्तिलाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा भर्ना गरिएको ।
चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत ति युवती सगै उनी कतार बाट नेपाल ओर्लिएका थिए ।
त्यसको ८ दिन पछाडी उनि बुधवार विहान वडा नम्वर १ का अध्यक्ष बाबुराम येङदेन सग सम्पर्कमा आएपछि उनलाई बुधवार नै टाडीको क्वारेनटाईनमा भर्ना गरिएको छ ।
सम्पर्कमा आएका वर्ष २८ का थेवे थरका व्यक्ति ताप्लेजुङ जिल्लाको भएपनि उनि पथरी शनिश्चरे १ शिखरचौकमा बहिनी ज्वाइँको घरमा कतार बाट फर्किए पछि बस्दै आएको पाईएको अध्यक्ष येङदेनले बताए ।
यस्तै हिजै मात्र पथरी शनिश्चरे वडा नम्वर ६ भातेगौडा बाट सोही दिन सोही जहाजमा आएका वर्ष ५० का धिमाल थरका व्याक्तिलाई पनि मोरङको टाडीमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइन भर्ना गरिएको छ ।
त्यसैगरी मोरङकै कानेपोखरी–५ बाट दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बुधवार पठाइएको छ । उनीहरु चैत ७ गते अष्ट्रेलियाबाट नेपाल आएका थिए ।
अष्ट्रेलियाबाट आएका ५९ वर्षका पतिपत्नीलाई ज्वरो आएपछि परीक्षणको लागि धरान पठाइएको हो ।
यो सगै पथरी शनिश्चरे नगरपालिका क्षेत्रबाट क्वारेनटाइनमा पुग्नेको सङख्या २ पुगेको छ । छिमेकी गाउपालिका कानेपाखरी बाट २ गरि ४ पुगेको छ ।
क्वारेनटाइनमा रहदा दैनिक उपभोग्य बस्तुहरुको समेत व्यावस्थापन भएका कारण बैदेशीक रोजगार बाट फर्केका कोही त्यस्ता युवाहरु नगरपालिका क्षेत्रमा भए सम्वधित वडा कार्यालयमा सम्पर्क गरिदिन समेत नगरपालिकाले अपिल गरेको छ ।