काठमाडौं, १२ चैत । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भेट गरेकी एक फ्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
साम्राज्ञीले फिल्म ‘मारुनी’ को प्रदर्शनका बेला लण्डनमा एक फ्यानसँग तस्वीर खिचाएकी थिइन् ।
ती युवतीले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको संक्रमणमा परेको स्पष्ट पारेकी छिन् । युवतीलाई कोरोना भाइरस भएको समाचारसँगै साम्राज्ञीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै कतिले प्रश्न गरेका छन् ।
यता साम्राज्ञीले ती युवतीसँगको तस्विर सार्वजनिक गर्दै स्वास्थ्यलाभको कामना गरेकी छिन् । साथै ती युवतीलाई आफूले नचिन्ने पनि प्रतिक्रिया दिएकी छिन् ।
‘मेरो देब्रेतिर भएकी युवतीलाई कोरोना भाइरसको संक्रमण भएको छ र यो तस्वीर २३ दिनअघि लिइएको हो,’ साम्राज्ञीले सामाजिक सञ्जालमा युवतीको तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘खासमा मैले ती युवतीलाई चिन्दिनँ, त्यो मेरो पहिलो र अन्तिम भेट थियो, उनले मसँग तस्वीर लिन चाहिन् ।’
उनले मिडियाले यो कुरालाई केही कुराबारे बुझ्दै नबुझी समाचार लेखेको भन्दै आपत्ति जनाइन् ।
केहीले साम्राज्ञीलाई पनि कोरोना भएको हुनसक्ने भन्दै चेक गराउन अनुरोध गरेका थिए । साम्राज्ञी भने घरमा आफ्नो समय बिताइरहेकी छिन् ।